खुशीभित्र साहित्य छ तर खुशी आफैमा साहित्य होइन !

बिजय कुमार मलाई असाध्यै मन पर्ने मान्छे ।संसारमा सात अर्ब मान्छे छन र सात अर्ब मानिस मध्य केबल सातजाना मान्छे रोज्नु पर्‍यो भने उनि पनि पर्छन यसमा कुनै सङ्का छैन । तर उनलाई दिहिने भनेको “खुशी”को लागी मदन पुरस्कारमा मेरो कुनै समर्थन छैन र हुन पनि सक्दैन ।

सुत्केरिलाई खुवाउने भनेको झोल यदी कुनै पनि साशुले सुत्केरी बुहारिलाई नखुवाएर आफ्नि तरुनी छोरिलाई खुवाउछिन भने यो अन्न्याय हो, अबिबेकिपन हो र हो अपराध ।

साहित्यमा दिहिने मदन पुरस्कार बिसुद्ध साहित्यलाईनै दिनु पर्छ र यो बुझ्नु जरुरी छ कि खुशी साहित्य होईन ।हो खुशी भित्र साहित्य छ जुन साहित्यकार भनिएका तथाकतिथ      साहित्यकारले पनि बुझ्न सक्दैनन र लेख्न पनि तर यो बुझ्नु जरुर खुशी आफैमा साहित्य होईन ।

कसैले आफ्नो ब्यक्तिगत जिवनमा घटेका तिता मिठा यथार्थ र भोगाइलाई लेख्दै गर्दा त्यस्लाई साहित्य भनिन्छ भने त्यो बिल्कुल गलत हो । स्वयम बिजय कुमार पनि यदी मैले बुझे अनुसार निस्ठावान र आफ्नो मर्मको धर्म बुझ्दछन भने यो गलत मानसिकता बोकेका मदन पुरस्कार दिनेमाथी केहि सिक्षा र पाठ दिने हैसियत राख्दछन, मदन पुरस्कार अस्विकार गरेर ।

म यो दाबिका साथ भन्न सक्छु कि, बिजय कुमार तथाकतिथ साहित्यकार भन्दा धेरै उच्च दर्जाका छन र दुनियाले त्यो कुरा बुझोस नबुझोस म  बुझ्दछु तर उनले यो पुरस्कार स्विकार गरे भने यस्को अर्थ यो पनि हो कि उनि बाहिरी दुनियाका अगाडी बिद्वान र ज्ञानी देखिए पनि भित्र खोक्रो छन केबल खोक्रो । र दुनियालाई त भ्रममा राखेकानै छन तर स्वयम आफु पनि भ्रममानै छन।  

जिवन जगत बुझ्न हिडेका र भौतिकताको मोहमा नफस्ने बिजय कुमारले दुनियालाई यो पनि प्रमाणित गर्दिनु जरुरी छ कि मान्छे भएर जन्मेपछी मुक्ती प्राप्तिका लागी र मानवताको खातिर केहि गर्नु मात्र मान्छे हुनुको धर्म हो । 

यही धर्मको मर्म बुझेर मानिसलाई मानिस भन्दा माथी मानब भएर जिउने प्रेरणा दिनु पनि उनको धर्म हो । यो धर्म निभाउनका निमित्त भए पनि सुत्केरिले खाने झोल आमाले छोरिलाई दिए पनि छोरिले आफ्नो धर्म नबिर्सिकन सुत्केरी भाउजु/बुहारिलाईनै  दिनु पर्छ , आफुले खानु हुँदैन ।यो नै मानिस भएर जन्मेपछी “म ” को मर्म बुझेर आफ्नो धर्म निभाउनु हो ।जस्ले आफ्नो मर्म बुझेर धर्म निभाउछ उ मात्र  यो मानब चोलाबाट मुक्तिको साश फेर्छ र परममुक्तिको साश छाडदछ , आफ्नो देह त्याग्दछ ।

लाग्छ यो भन्दा धेरै केहि भन्नु पर्दैन बिजय कुमार जस्ता ज्ञानी मान्छेले अवस्य पनि बुझिसकेको हुनुपर्छ ।

पुरस्कार लिएर मानिस मध्यका सर्बश्रेस्ठ हुने या पुरस्कारको हकदार आफु नभएको प्रमाणित गरेर मानव मध्यका महामानव हुने ,प्रश्न मेरो उत्तर बिजयकुमार को । ।

Leave a comment