“भारत” ‘मेरी सानी बहिनी’

“भारत”

मेरी सानी बहिनी

तिमीमा अचानक यस्तो इर्श्या पैदा भएछ

स्वभाभिक पनि हो

आखिर इर्श्या पैदा पनि किन नहोश ?

सधै तिमीलाई गङगा पुज्नु पर्छ

जुन मेरो शरिर पखालिएर मिसिएको हुन्छ

मेरो शरिर पखालेको पानीलाई

पबित्रताको प्रतिक मानेर

तिमी स्नान गर्न बाध्य छौ

अब आफै सोच्नु ;

म स्व्यम कती पबित्र छु होला

तिम्री ‘दिदि’ !

सधै स्वतन्त्र भएको देख्दा

अस्तीसम्म दाशी भएकी तिमी

आरिसले जल्नु स्वभाभिक हो

आखिर स्वार्थी ‘जिन’ आफु भित्र सबैमा हुन्छ

तर

प्रिय! बहिनी

बुझ्नु जरुर्

मेरा शरिरका प्रत्यक कणकणमा

तिम्रालागी प्रेम छ ,सदभाब छ

त्यसैले त  !

म मेरो शरिर पखाले पस्चातको पानी

तिमीले स्नान गर्ने जल बनाएर बगाइदिन्छु

थाहा छ मलाई ,

मेरो यो सम्पत्ती देखेर

तिमी सुत्न सक्दिनौ

तर प्रिय !

सुख सम्पत्तिले होइन सन्तुस्टिले दिन्छ

आरिशले नजल्नु;यस्ले मात्र बिनाश निम्त्याउछ

तिमीलाई थाहानै होला ,

शिरमा मुक्तीनाथ

गर्भमा पशुपतीनाथ

र गोडामा बुद्ध भएकी तिम्री दिदिलाई

प्रत्यक बिहानिमा

जिसश आएर पुज्दछन

महोमद आएर ढोग्दछन

तसर्थ बहिनी

तिमी सम्यमित भएर बस्नु

समालिएर बोल्नु

किनकी ,

तिमीले महाकबी भनेर पुज्ने कालिदास

जो स्वयम कालिका दास थिए ;

(उनी काली पनि मेरी आफ्नै दास थिइन । ।)२

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s