Source: “भारत” ‘मेरी सानी बहिनी’
“भारत” ‘मेरी सानी बहिनी’
“भारत”
मेरी सानी बहिनी
तिमीमा अचानक यस्तो इर्श्या पैदा भएछ
स्वभाभिक पनि हो
आखिर इर्श्या पैदा पनि किन नहोश ?
सधै तिमीलाई गङगा पुज्नु पर्छ
जुन मेरो शरिर पखालिएर मिसिएको हुन्छ
मेरो शरिर पखालेको पानीलाई
पबित्रताको प्रतिक मानेर
तिमी स्नान गर्न बाध्य छौ
अब आफै सोच्नु ;
म स्व्यम कती पबित्र छु होला
तिम्री ‘दिदि’ !
सधै स्वतन्त्र भएको देख्दा
अस्तीसम्म दाशी भएकी तिमी
आरिसले जल्नु स्वभाभिक हो
आखिर स्वार्थी ‘जिन’ आफु भित्र सबैमा हुन्छ
तर
प्रिय! बहिनी
बुझ्नु जरुर्
मेरा शरिरका प्रत्यक कणकणमा
तिम्रालागी प्रेम छ ,सदभाब छ
त्यसैले त !
म मेरो शरिर पखाले पस्चातको पानी
तिमीले स्नान गर्ने जल बनाएर बगाइदिन्छु
थाहा छ मलाई ,
मेरो यो सम्पत्ती देखेर
तिमी सुत्न सक्दिनौ
तर प्रिय !
सुख सम्पत्तिले होइन सन्तुस्टिले दिन्छ
आरिशले नजल्नु;यस्ले मात्र बिनाश निम्त्याउछ
तिमीलाई थाहानै होला ,
शिरमा मुक्तीनाथ
गर्भमा पशुपतीनाथ
र गोडामा बुद्ध भएकी तिम्री दिदिलाई
प्रत्यक बिहानिमा
जिसश आएर पुज्दछन
महोमद आएर ढोग्दछन
तसर्थ बहिनी
तिमी सम्यमित भएर बस्नु
समालिएर बोल्नु
किनकी ,
तिमीले महाकबी भनेर पुज्ने कालिदास
जो स्वयम कालिका दास थिए ;
(उनी काली पनि मेरी आफ्नै दास थिइन । ।)२
खुशीभित्र साहित्य छ तर खुशी आफैमा साहित्य होइन !
बिजय कुमार मलाई असाध्यै मन पर्ने मान्छे ।संसारमा सात अर्ब मान्छे छन र सात अर्ब मानिस मध्य केबल सातजाना मान्छे रोज्नु पर्यो भने उनि पनि पर्छन यसमा कुनै सङ्का छैन । तर उनलाई दिहिने भनेको “खुशी”को लागी मदन पुरस्कारमा मेरो कुनै समर्थन छैन र हुन पनि सक्दैन ।
सुत्केरिलाई खुवाउने भनेको झोल यदी कुनै पनि साशुले सुत्केरी बुहारिलाई नखुवाएर आफ्नि तरुनी छोरिलाई खुवाउछिन भने यो अन्न्याय हो, अबिबेकिपन हो र हो अपराध ।
साहित्यमा दिहिने मदन पुरस्कार बिसुद्ध साहित्यलाईनै दिनु पर्छ र यो बुझ्नु जरुरी छ कि खुशी साहित्य होईन ।हो खुशी भित्र साहित्य छ जुन साहित्यकार भनिएका तथाकतिथ साहित्यकारले पनि बुझ्न सक्दैनन र लेख्न पनि तर यो बुझ्नु जरुर खुशी आफैमा साहित्य होईन ।
कसैले आफ्नो ब्यक्तिगत जिवनमा घटेका तिता मिठा यथार्थ र भोगाइलाई लेख्दै गर्दा त्यस्लाई साहित्य भनिन्छ भने त्यो बिल्कुल गलत हो । स्वयम बिजय कुमार पनि यदी मैले बुझे अनुसार निस्ठावान र आफ्नो मर्मको धर्म बुझ्दछन भने यो गलत मानसिकता बोकेका मदन पुरस्कार दिनेमाथी केहि सिक्षा र पाठ दिने हैसियत राख्दछन, मदन पुरस्कार अस्विकार गरेर ।
म यो दाबिका साथ भन्न सक्छु कि, बिजय कुमार तथाकतिथ साहित्यकार भन्दा धेरै उच्च दर्जाका छन र दुनियाले त्यो कुरा बुझोस नबुझोस म बुझ्दछु तर उनले यो पुरस्कार स्विकार गरे भने यस्को अर्थ यो पनि हो कि उनि बाहिरी दुनियाका अगाडी बिद्वान र ज्ञानी देखिए पनि भित्र खोक्रो छन केबल खोक्रो । र दुनियालाई त भ्रममा राखेकानै छन तर स्वयम आफु पनि भ्रममानै छन।
जिवन जगत बुझ्न हिडेका र भौतिकताको मोहमा नफस्ने बिजय कुमारले दुनियालाई यो पनि प्रमाणित गर्दिनु जरुरी छ कि मान्छे भएर जन्मेपछी मुक्ती प्राप्तिका लागी र मानवताको खातिर केहि गर्नु मात्र मान्छे हुनुको धर्म हो ।
यही धर्मको मर्म बुझेर मानिसलाई मानिस भन्दा माथी मानब भएर जिउने प्रेरणा दिनु पनि उनको धर्म हो । यो धर्म निभाउनका निमित्त भए पनि सुत्केरिले खाने झोल आमाले छोरिलाई दिए पनि छोरिले आफ्नो धर्म नबिर्सिकन सुत्केरी भाउजु/बुहारिलाईनै दिनु पर्छ , आफुले खानु हुँदैन ।यो नै मानिस भएर जन्मेपछी “म ” को मर्म बुझेर आफ्नो धर्म निभाउनु हो ।जस्ले आफ्नो मर्म बुझेर धर्म निभाउछ उ मात्र यो मानब चोलाबाट मुक्तिको साश फेर्छ र परममुक्तिको साश छाडदछ , आफ्नो देह त्याग्दछ ।
लाग्छ यो भन्दा धेरै केहि भन्नु पर्दैन बिजय कुमार जस्ता ज्ञानी मान्छेले अवस्य पनि बुझिसकेको हुनुपर्छ ।
पुरस्कार लिएर मानिस मध्यका सर्बश्रेस्ठ हुने या पुरस्कारको हकदार आफु नभएको प्रमाणित गरेर मानव मध्यका महामानव हुने ,प्रश्न मेरो उत्तर बिजयकुमार को । ।
132
मेरो समाधिस्त समयमा
स्खलित हुन पुगेको बिर्य
जस्लाई प्रेमको निसानी स्वोरुप
तेरी धर्ती जस्ती आमाले
आफ्नो गर्भमा स्पर्श गराएर
फुलै फुलको स्वप्न बगैचामा रमाएर
अहमको त्याग अहङ्कारको समाप्ती सङ्गै
पलाएको प्रेममा करुणाको मलजल गरेर
हुर्कदै गरेको तेरो भुर्णलाई
शब्दातित स्पर्श अनि ममतामही मायाले बेरेर
कालातित कालखन्डमा जन्म दिएकी थिइ
त्यसैले त जन्मदै भागवान जन्मेथिस
त्यसैले त जन्मदै भागवान जन्मेथिस ।
131
जस्लाई जित्नु छैन
उस्लाई हारको के डर ?
जस्लाई केसैको आशा छैन
उस्लाई निराशा के को ?
जिवनको अर्थबोध भएपछी
मिर्तु पराजित हुन्छ स्वोत:
अनी मिर्तुको भय रहदैन
न त जिवन रमाइलोनै लाग्छ
बस जिवन त
प्रत्यक पलपलमा आनन्दित रहन्छ
अहङ्कारको समाप्तीसँगै
प्रेमको पालुवा पलाउछ
बिचार बिचारशुन्य हुन्छ
भावना भावनाबिहिन बन्छ
न शुरु रहन्छ न अन्त्य हुन्छ
जिवन सधै रहिरहन्छ आदी
अनी सुरुवात हुन्छ समादी ।
Hello world!
This is your very first post. Click the Edit link to modify or delete it, or start a new post. If you like, use this post to tell readers why you started this blog and what you plan to do with it.
Happy blogging!